प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ: सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको आकस्मिक शुन्य र विशेष समयमा सांसदहरुले उठाएका विषयमा जवाफ दिनुहुँदै मन्त्री तिमिल्सिनाले संविधानले दिएको प्रेस स्वतन्त्रता अधिकार पूर्ण रुपमा सुरक्षित रहेको र यो अधिकार कसैले हनन गर्न नसक्ने बताउनुभयो ।उहाँले सांसदहरुले उठाउनु भएको प्रश्न र सुझावलाई मन्त्रालयले गम्भीरताका साथ लिने सुझावका आधारमा मन्त्रालयका कामहरू प्रभावकारी बनाएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता स्वच्छन्दता होइन स्वतन्त्रता सँगै जवाफखदेहिता पनि उक्तिकै महत्वपूर्ण हुने बताउनुभयो ।उहाँले संविधानले दिएको अधिकार ढुक्क भएर प्रयोग गरी आफ्नो पेशागत गरिमा र सीमा भित्र रहेर पत्रकारिता गर्न अनुरोध समेत गर्नुभयो ।उहाँले प्रेस काउन्सिलको क्षमता अभिवृद्धि गरी  प्रभावकारी र सशक्त बनाई  नेपालको मिडिया क्षेत्रलाई स्वच्छ जवाफदेही गौरव गर्न सकिने क्षेत्रको रुपमा विकास गर्न सरकार प्रयत्नशील रहेको बताउनुभयो ।मन्त्री तिमिल्सिनाले नेपालको दुर्गम र बढी व्यवसायीक कारोबार हुने क्षेत्रसम्म टेलिफोन र इन्टरनेट सेवाको गुणस्तरीय पहुँच बढाउन बजेट तथा कार्यक्रम सहित  व्यवस्थापन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो । 

उहाँले चलचित्र क्षेत्र र आमसञ्चारका क्षेत्रमा काम गर्ने योजना अन्तर्गत मौलिक पहिचान दिलाउने गरी निर्माण गरिने चलचित्रलाई प्रोत्साहन अनुदान दिने कार्यक्रम सरकारको रहेको बताउनुभयो । संसद भवनमा समाचार सङ्कलनका लागि आउने पत्रकारहरूका लागि मुख्य भवन बाहिर टेन्ट राखेर बस्ने कुर्सी र खाने पानीलगायतको व्यवस्था गरिएको बताउँदै संसद भवन बनिसकेपछि समस्या समाधान गरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *