ब्लग

जोसुकै होस्,भोलि संघर्ष गर्नुपर्‍यो भने भागाभाग होला’ -किरण

काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारमा ढिलाइ भएको भन्दै जेनजी नेता रवि किरण हमालले सरकारप्रति कडा आक्रोश व्यक्त गरेका छन्। आफ्नो मामाको छोरा इन्जिनियर महेन्द्र विक्रम शाहीसहित सयौँ नागरिक त्रिशूली–३ ‘ए’ मा फसेको एक साता बितिसक्दा पनि उद्धार प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै हमालले विदेशी सहयोग, उच्च प्रविधि र अनुभवी प्राविधिक टोली तत्काल परिचालन गर्न माग गरेका छन्। उनले नागरिकको जीवन बचाउन आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने, उद्धारमा कुनै स्रोत–साधनको कमी हुन नदिनुपर्ने र पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुपर्ने बताएका छन्। हमालले प्रधानमन्त्रीको राहत कोषमा रहेको रकम तथा जनताले तिरेको कर नागरिकको जीवन रक्षाका लागि खर्च गर्नुपर्ने भन्दै सरकारको प्राथमिकतामाथि प्रश्न उठाएका छन्। “पीडितलाई समयमा राहत देऊ, विदेशीको सहयोग लिएर भए पनि नागरिक बचाऊ भन्नु अपराध हो? प्रधानमन्त्रीको कोषमा अरबौँ पैसा जम्मा भएको छ। जनताले कर तिरेको खर्बौं पैसा छ। त्यो हेलिकप्टर उडाउन र स्टन्ट गर्न हो?” उनले प्रश्न गरेका छन्। उद्धारमा ढिलाइप्रति आक्रोश व्यक्त गर्दै हमालले सरकारलाई कडा चेतावनीसमेत दिएका छन्। “नागरिकको जीवनमा खेलवाड गरे,बालेन होस्, जोसुकै होस् भोलि संघर्ष गर्नुपर्‍यो भने भागाभाग होला। हेक्का रहोस्,” हमालले भनेका छन्।

प्रतिनिधि सभाको बैठक जेठ २५ गते सम्मका लागि स्थगित

काठमाडौँ । प्रतिपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभाको बैठक जेठ २५ गते सम्मका लागि स्थगित भएको छ । …

नेपाल र भारतबिचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत नै समाधान गरिने : भारत विदेश मन्त्रालय

नयाँ दिल्ली, जेठ १९ गते । भारतको विदेश मन्त्रालयले नेपाल र भारतबिचको सीमा विवादलाई स्थापित द्विपक्षीय…

मन्त्रिपरिषद् बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने

काठमाडौँ, जेठ १९ ।सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक आज मङ्गलबार…

दाङको घोराहीमा ३ दिने विज्ञान पत्रकारिता तालिम सुरू

ज्ञान र प्रविधिको विकासले मिथ्या सूचनाबाट जोगाउँछ : सुशील गौतम दाङ १६ जेठ । प्रेस स्वतन्त्रता…

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू नेतृत्वको पार्टीको पहिलो प्राथमिकता भएकाले जनताका पक्षमा…

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ, १७ जेठ: उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल…

दाङमा “ब्रह्माकुमारीज राष्ट्रिय दिव्य सम्मेलन–२०८३” आयोजना हुने

दाङ, जेठ ९ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय तथा राजयोग प्रशिक्षण केन्द्रले दाङमा “ब्रह्माकुमारीज राष्ट्रिय दिव्य…

शैक्षिक गुणस्तर सुधार गर्न सवै पक्ष जिम्मेवार हुनुपर्छ : अध्यक्ष विष्ट

ओमप्रकाश गुप्ता सिसहनियाँ ५ जेठ । दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा रहेको सर्वोदय माध्यमिक विद्यालयमा सम्पन्न अभिभावक…

प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ: सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ…